रणनीति :

कृषि तथा वन उपजहरुको उत्पादनमा व्यावसायीकरण तथा विविधिकरण गराई वैदेशिक व्यापारमा तीव्रता ल्याई आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने तर्फ देशको नीति एवं कार्यक्रमहरु निर्देशित छन यस परिपेक्ष्यमा उदार प्रतिस्पर्धात्मक बजारमुखी अर्थतन्त्रको संरचनामा भित्र नीजि क्षेत्रको कृयाशीलतामा कृषि तथा वन जन्य वस्तुको व्यपारलाई अन्तरराष्ट्रिय मापदण्ड अनुरुप सहजीकरण एवं सरलीकरण गर्न प्लाण्ट क्वारेण्टिन का निम्ननुसारका प्रमुख रणनीतिहरु रहेका छन ।

  • देश भित्र कृषि तथा वनजन्य वस्तुहरुको आयात नियमन गरी स्वस्थ्य विरुवा तथा विरुवा जन्य वस्तुहरुको पैठारी सुनिश्चित हुने पद्धती अवलम्बन गर्न जोड दिइने छ ।
  • कृषि तथा वनजन्य वस्तुहरुको निर्यात प्रवर्द्धन का निम्ति विरुवा स्वस्थ्यता प्रवर्द्धननात्मक कार्यक्रमहरुको सचालन एवं प्रोत्साहनका उपायहरुको पहिचान गर्ने तथा निर्यात प्रवर्द्धनमा सरलीकरण गर्ने कियाशील संस्थाहरुको विरुवा स्वस्थ्यता क्षमता अभिवृद्धि गर्नमा जोड दिईने छ ।
  • नेपालको विरुवा स्वस्थ्यता सेवालाई अन्तरराष्ट्रिय संन्धि सम्झौता अनुरुप व्यापारीक सम्बन्ध भएका मित्र राष्ट्रहरुसंग सामन्जस्यता कायम गर्ने व्यवस्था मिलाईने छ ।
  • नेपालको विरुवास्वस्थ्यता सेवा सुदृढिकरण गर्ने नीतिगत सुधार लाई निरन्तरता दिइने छ

कार्यनीति :

  • अन्तरराष्ट्रिय बाली संरक्षण महासन्धि ९क्ष्एएऋ० र विश्व व्यापार संगठन । ध्त्इ० को क्एक् सम्झौतामा आधारित रही अन्तरराष्ट्रिय स्तरमा अनुरूप प्लाण्ट क्वारेण्टिन प्रकृयामा सामन्जस्यता ल्याउने ।
  • निजी क्षेत्रलाई आवश्यक प्रोत्साहन र सहयोग को माध्यम वाट कृषि तथा वन जन्य वस्तुहरुको व्यापार वृद्धि एव विस्तार गर्न सहजीकरण गरी कृषि क्षेत्रको योगदानमन अभिवृद्धि गर्ने ।
  • विरुवा स्वस्थ्यता प्रमाणिकरणका लागि उपयुक्त सरलीकरण प्रविधि तथा पद्धति अवलम्बन गरी कृषि व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने ।

प्लान्ट क्वारेण्टिन काकडभिट्टाको कार्य क्षेत्र

क्वारेण्टिनको कार्य क्षेत्र समग्र कृषि सम्बन्धी बाली बिरुवाहरु, खाद्यान्न बाली, पुष्प बाली, फलफूल वाली, तरकारी वाली, मसला वाली, पेय वाली, वन तथा वनजन्य बिरुवाको आयात निर्यातसंग सम्बन्धित छ । आयातकर्तारनिर्यातकर्ताहरुले विरुवा, विरुवाजन्य वस्तु गन्तव्य सम्म पु्याउनु र उपयोग र प्रयोग नगरे सम्म यस क्वारेन्टिन कार्यालयको कार्यक्षेत्र मानिन्छ ।

प्लान्ट क्वारेन्टिन कार्यक्षेत्र नाकाहरु

 

img