बिरुवाहरु चाहे ति कृषि सम्बन्धि हुन वा वन सम्बन्धि हुन् विमिन्न प्रकारका विनाशकारी रोग कीरा तथा झारपातहरुद्धारा सताइएका हुन्छन् । बिरुवाका यस्ता विनाशकारी शत्रुहरु रैथाने (स्थानीय) हुन सक्छन् र ति अन्यत्र ठाउँ, देश र महादेशबाट भित्रिएका हुन सक्छन् । बिरुवाका यस्ता विनाशकारी शत्रुहरु बिरुवा, बिउ, खाधान्न, आलु माटो, हावा, पानी, भाँडा, सवारी साधनहरु, मान्छे, पशुपन्छी आदी अनेक माधयम बाट एक स्थान बाट अर्को स्थानमा पुग्छन् । बिरुवाहरुमा विभिन्न किसिमले क्षति पुर्र्याउने उत्पादन घटाउने तथा जैविक विविधता नाश गर्ने गर्दछन् । बाली बिरुवामा क्ष्ति पुर्र्याउने विनाशकारी रोग कीरा तथा झारपातहरुको प्रवेश, स्थापना र फैलावट रोक्न राज्यले अवलम्बन गरेको कानुनी प्रकृया नै प्लान्ट क्वारन्टिन हो । यसका लागि राज्यले बिरुवा ,बिरुवा जन्य उपज पैठारी गर्दा त्यस्ता वस्तुहरु संगसंगै भित्रिन सक्ने विनाशकारी रोग कीरा तथा झारपातहरुको प्रवेश, स्थापना र फैलावट रोक्न राज्यले ऐन कानुन तर्जुमा गरी लागु गरेको हुन्छ ।
नेपालमा बिरुवा तथा बिरुवा जन्य उपजहरुको निकासी पैठारीका माध्यमबाट हुने विनाशकारी रोग कीरा तथा झारपातहरुको प्रवेश, स्थापना र फैलावट रोक्न बिरुवा संरक्षण ऐन २०६४ तथा नियमावली २०६६ लागु गरि कार्यान्वयन भईरहेको छ र सो अन्र्तगत देशका विभिन्न नाकाहरुमा क्वारेण्टिन कार्यालयहरु स्थापित भएका छन् ।
बिरुवा तथा बिरुवा जन्य उपजहरु जो बिउ बिजनको रुपमा, खाधान्नको रुपमा तथा बिरुवा आदि देश बाहिरबाट ल्याउदा, पैठारी गर्दा प्लान्ट क्वारन्टिन प्रक्रियालाई ध्यान नदिएका कारण हाम्रो देश भित्र कहिल्यै नभएका रोगहरु, कीराहरु र झारपातहरु भित्रिए र अहिले ती ठुलो समस्याका रुपमा रहेका छन् ।हाम्रो कृषि उत्पादनलाई घटाईरहेका छन् ,उत्पादन लागत बढाईरहेका छन् र जैविक विविधतालाई ठुलो चुनौती बनेका छन् र जसमध्ये केही उदाहरणहरु यस प्रकार रहेका छन्। आलुको ब्याक्टेरीयाबाटहुने ओइलिने खैरो पिप चक्के रोग, उखुको डांठको रातो सडन, धानको पातको फेद कुहिने रोग (Sheath Blight), Potato tuber moth, Citrus Greening Disease, African Giant Snail, बनमारा झार, आलुको विभिन्न भाइरस रोगहरु, आलुको ऐजेरु रोग, Wooly Aphid, Kernal bunt of wheat, Club Root of Crucifers, आदि क्वारेण्टिन रोग/किराहरु/झारपातहरु हुन ।
अतः यस्ता शत्रुजीवहरुबाट हुने नोक्सानीबाट बच्न सबैले प्लान्ट क्वारन्टिन प्रकृयाको महत्व बुभनै पर्छ, आवश्यकतालाई महसुस गर्ने पर्छ र ऐन नियमको अनुसरण गर्ने गराउने कार्यलाई प्रभावकारी बनाउनै पर्छ ।अन्यथा यस्ता अवान्छित तत्वहरुबाट भोलिका दिनहरुमा हाम्रा बालीनालीहरुमा अझै बढी नयां शत्रुहरुको आक्रमणमा वृद्धी हुने छ, वन जंगलको जैविक विविधता खतम हुदैं जाने छ । यस्ता शत्रुजीवहरु एक पटक स्थापित भैसके पछी तीव्र गतिमा प्रसार हुन्छन् र नियन्त्रण कार्य असाध्य हुन जान्छन् जसको प्रत्यक्ष असर हामी र हाम्रा सन्ततिहरुलाई नै पर्न जान्छ । नेपालको भू बनोट विषम रहेको र यहांको हावापानीमा स्रसारभर जहाँ सुकैको रोग, कीरा र झारपातले सजिलै विकास गर्न सक्ने अवस्था रहेकोले हामीले अझ बढी चनाखो र सावधान हुन जरुरी छ ।