2078-07-26

पूर्वी नाका काँकरभिट्टाबाट मात्रै यस बर्षको तिहारमा ६३ लाख बढी मुल्यको सयपत्री फूल भित्रिएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार गत कात्तिकमा मात्रै भारतबाट सयपत्री आयात भएको हो । जसमा ६३ लाख २३ हजार ५ सय ७० मुल्यको ६५ दशमलव ८४ मेट्रिक टन सयपत्री फूल नेपाली बजारमा भित्रिएको हो ।

कार्यालयका अनुसार अघिल्लो बर्षको तिहारमा भन्दा यस बर्ष निक्कै धेरै फूल आयात भएको छ । अघिल्लो आर्थीक बर्षको यसै अवधिमा ४३ मेट्रिक टन अर्थात ४१ लाख २८ हजार मुल्यको मात्रै सयपत्री आयात भएको कार्यालयसगँ तथ्यांक छ । तर यस बर्ष भने अघिल्लो तिहार भन्दा २२ लाख बढीको फूल आयात भएको छ ।

तिहार शुरु भएसगैँ नेपाली बजारमा सयपत्री फूलको माग अत्याधिक रहन्छ । अझ यस बर्ष किसानले लगाएको फूल बेमौसमी बर्षाले नष्ट गरेपछि फूलको माग अत्याधिक रहेको थियो । यसरी आयातित फूलले तिहार मनाइरहँदा नेपाली बजारमा फूलको मुल्य पनि निक्कै बढेको थियो ।

काँकरभिट्टाका पुष्प व्यवसायी ओम कार्कीका अनुसार अघिल्लो बर्ष ३५-४० रुपैँयामा खरिद गर्ने सयपत्रीको माला यस बर्ष व्यवसायीले नै ८० रुपैँयासम्ममा खरिद गर्नुपरेको थियो ।

किसानको भने बारीमै नष्ट भयो सयपत्री

यसरी आयातित फूलले तिहार मनाइरहँदा किसानले लगाएको फूल भने बारीमै नष्ट भएको छ । जसका कारण पनि बजारमा फूलको मुल्य बढेको व्यवसायीको भनाई छ ।

मेचीनगर ९ का डिल्ली उप्रेतीले यस बर्ष ३ विगाह भन्दा धेरै जग्गामा सयपत्री रोप्नुभएको थियो । तर कात्तिकमा भएको बेमौसमी बर्षाले उहाँले लगाउनुभएको सबै फूल नष्ट भयो ।

सधैँको तिहारमा लाखौँको फूल बिक्रि गर्नुहुने उप्रेतीको बारीमा यस बर्ष भने तिहारसम्म फूल नै रहेन । उता झापा विर्तामोडकी गोमा भट्टराईको फूल पनि बेमौसमी बर्षाले सखाप पा¥यो । उहाँले पनि १ विगाह जग्गामा सयपत्री लगाउनुभएको थियो ।

Title for English
पूर्वी नाकाबाट मात्रै ६३ लाख बढीको सयपत्री फूल भित्रियो