बिरुवा तथा बिरुवाजन्य उपजहरुको निकासी पैठारीबाट फैलिन सक्ने विनाशकारी रोग कीरा, माटो झारपातहरु, आदिको प्रवेश, स्थापना र फैलावटबाट हुन सक्ने क्षतिको सम्बेदनशीलतालाई महसुस गर्दै प्लान्ट क्वारन्टिन प्रक्रियामा जांच/परिक्षण गरि गराइ बिरुवा संरक्षण ऐन, २०६४ तथा बिरुवा संरक्षण नियमावली २०६६ अनुसार प्लान्ट क्वारेन्टिन प्रक्रिया पुरा गरेर मात्र आयात/निर्यात गर्नुपर्दछ । हाम्रो कृषि उत्पादन घटिरहेको छ ,उत्पादन लागत बढिरहेको अवस्थामा जैविक विविधतालाई ठुलो चुनौती बनेको छ । जसमध्ये केही उदाहरणहरु यस प्रकार रहेका छन् । १.आलुको ब्याक्टेरीयाबाट हुने ओइलिने खैरो पिप चक्के रोग, धानको पातको फेद कुहिने रोग,Potato tuber moth, Citrus Greening Disease, African Giant Snail,बनमारा झार आलुको ऐजेरु रोग Kernal bunt of wheat, Club Root of Crucifers अतः यस्ता शत्रुजीवहरुबाट हुने नोक्सानीबाट बच्न सबैले प्लान्ट क्वारन्टिन प्रकृयाको महत्व बुभनै पर्छ , आवश्यकतालाई महसुस गर्ने पर्छ र ऐन नियमको अनुसरण गर्ने गराउने कार्यलाई प्रभावकारी बनाउनै पर्छ । अन्यथा यस्ता अवान्छित तत्वहरुबाट भोलिका दिनहरुमा हाम्रा बालीनालीहरुमा अझै बढी नयां शत्रुहरुको आक्रमणमा वृद्धी हुने छ, वन जंगलको जैविक विविधता खतम हुदैं जाने छ । यस्ता शत्रुजीवहरु एक पटक स्थापित भैसके पछी तीव्र गतिमा प्रसार हुन्छन् र नियन्त्रण कार्य असाध्यै कम हुन जान्छन् जसको प्रत्यक्ष असर हामी र हाम्रा सन्ततिहरुलाई नै पर्न जान्छ । आयात/निर्यात तथ्यांक अद्यावधिक, निकासी/पैठारीमा अवलम्ब गरिएका प्रयासहरुलाई दिगोपना तथा प्रतिस्पर्धाका रुपले कार्यालयको वेबसाइट डिजाइन आ.व. २०७८/७९ तयार गरिएको छ ।